Logo
५ श्रावण २०८३, मंगलवार
|  Wed Jul 22 2026

‘रकेट बनाउन सजिलो छ,तर बाँदर आंतक भगाउने टेक्नोलोजी संसारभर छैन’:महावीर पुन


काठमाडौं ।  स्वतन्त्र सांसद महावीर पुनले बाँदर भगाउने प्रविधि संसारभर नभएको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनलेसंसारमा कुनै पनि वैज्ञानिकले अहिलेसम्म बाँदर आतंक रोक्न नसकेको दाबी गरे।

पुनले बरु रकेट सजिलो रहेको बाँदर भगाउन त्यति सजिलो नभएको बताए। ‘रकेट बनाउन सजिलो छ। त्यसको टेक्नोलोजी छ’, उनले भने, तर बाँदर भगाउने टेक्नोलोजी संसारभर छैन।

उनले संसद्मा सांसदहरूले अहिले उठाउनुभन्दा सात वर्षअघि नै यसबारे कुरा उठाएको र बाँदर आतंक कम गर्ने प्रविधि बनाउन खोजेको तर रकम अभावमा नसकेको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार