काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले रास्वपा सभापति रवि लामिछाने जोडिएको मुद्दामा कास्की अदालतले दिएको आदेशप्रति प्रश्न उठाएका छन् । सामाजिक संजालमार्फत प्रवक्ता चालिसले यो विधिको शासन, न्यायालयको स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीको विश्वसनियतामाथि उठेको प्रश्न भएको बताएका हुन् ।
उनले जवाफदेही अंगहरू स्वयं विवादस्पद निर्णयमा संलग्न हुन्छन् भने समान न्यायको रक्षा कसले गर्छ ? भन्ने प्रश्न गरेका छन् । उनले प्रश्न गरेका छन्, ‘एउटै प्रकृतिको सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दामा अन्य मुद्दाका आरोपितहरूलाई कडा अभियोजन हुँदा रवि लामिछाने, जीबी राईलगायतलाई अभियोग हटाएर छुट दिइनु असमान व्यवहार मानिन्छ कि मानिँदैन ? सरकारले भनिदिनुपर्यो जीबी राई र इच्छाराज तामाङविरुद्धको अभियोगमा के फरक छ ।’





