Logo
९ जेष्ठ २०८३, शनिबार
|  Sun May 24 2026

एमाले सचिवालय बैठक:अल्पमतमा ओली,शंकर पोखरेल पनि ओलीको विपक्षमा


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा अधिकांश नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबारदेखि सुरु भएको बैठकमा पहिलो दिन चार जना उपाध्यक्षले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएकोमा शनिबार बोल्ने नेताहरुले पनि राजीनामा मागेका छन् ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि अध्यक्ष ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका छन् । महासचिव पोखरेलले सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने बताएका हुन् । शनिबारको बैठकमा तीन उपमहासचिव र पाँच जना सचिवले धारणा राखेका थिए ।

उपमहासचिव योगेश भट्टराईले पनि अध्यक्ष ओलीको राजीनामा मागेका छन् । भट्टराईले अध्यक्ष ओलीलाई अब तपाईँबाट पार्टी चल्न नसक्ने भन्दै राजीनामा मागेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष ओलीले भने आइतबार बोल्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार