Logo
१० जेष्ठ २०८३, आईतवार
|  Mon May 25 2026

रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै,प्रधानमन्त्री मोदीसहित उच्चस्तरीय भेटवार्ता हुने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमण दुई दिनसम्म रहने बताइएको छ । भ्रमणका क्रममा लामिछानेले भारतका उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नेछन् । साथै भारतीय जनता पार्टी (भाजपा) का नेताहरूसँग पनि छलफल हुने जनाइएको छ ।

यो भ्रमणलाई नेपाल–भारत सम्बन्धको वर्तमान सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय लिम्पियाधुरा–लिपुलेक क्षेत्रलगायत सीमा विवाद, दुवै देशका उच्चस्तरीय भ्रमण स्थगित हुनेजस्ता घटनाले सम्बन्धमा केही चिसोपन देखिएको अवस्थामा लामिछानेको भारत भ्रमणलाई महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा व्याख्या गरिएको छ ।

यसअघि भारतले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई यस्तै प्रकारका औपचारिक निमन्त्रणाहरू दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार