Logo
१२ जेष्ठ २०८३, मंगलवार
|  Tue May 26 2026

पत्रकार श्रेष्ठलाई पक्राउ गर्न खोजिएकोमा सरकारको ध्यानाकर्षण,राज्य शक्तिको दुरुपयोग नगर्न माग


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विगत २४ घण्टामा स्थापित पत्रकारलाई ‘सरकारले गिरफ्तार गर्दैछ’ भन्ने विषयले बजार लिएको स्मरण गराए ।

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनिएको विषय उनले संसद्मै उठाए। ‘समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित गर्ने जुन प्रवृति देखिएको छ । यसले आम सञ्चारमाध्यममा एउटा संशय पैदा भएको छ,’ उनले प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै भने ।

सरकारका राम्रा कामको बखान मात्रै नभएर सरकारको कमिकमजोरीको समाचार पनि लेखिने भएकाले त्यसअनुसार बुझ्नुपर्ने उनको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !
विचार