Logo
१२ जेष्ठ २०८३, मंगलवार
|  Wed May 27 2026

विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालन


काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एपको उद्घाटन गरेका छन् ।

अब ‘मोफा मित्र’ एपमार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन् । विदेशमा रहेका नेपालीको यकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयम् व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क सङ्कलन शुरू गरेको जानकारी दिए।

विदेशमा रहेका नेपालीले अप्ठेरो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले ‘मोफा मित्र’ एप विकास गरिएको उनी बताउँछन। प्रविधिमार्फत हरेक नेपालीको हातहातमा पुर्‍याउने उद्देश्यसहित एप सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार