Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

प्रधानमन्त्रीलाई सदनमा ल्याउन सक्नुहुन्न भने मलाई सदनबाट निस्कासन गरियोस्ः हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुख डीपी अर्यालसँग माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरेका हुन् ।

उनले आफू रिसाउने तथा कराउने पक्षमा नरहेको र सभामुखको बाध्यता आफूले बुझेको बताए । उनले आफू बदमास विद्यार्थीजस्तो भएको टिप्पणी पनि गरे । सभामुखले हिजो आफ्नो धारणा राखिसकेको भन्दै उनलाई बस्न आग्रह गरे ।

सभामुख अर्यालले कुन विषयमा कसरी र कसलाई कसरी रुलिङ गर्ने भनेर सभामुखलाई निर्देशन दिने अभ्यास नभएको बताए । त्यसपछि अध्यक्ष सम्पानङ सदनबाट बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार