Logo
१३ जेष्ठ २०८३, बुधबार
|  Thu May 28 2026

सभामुखज्यू तपाईँ बस्ने कुर्सी कुन देशबाट आयात भएको काठबाट बनेको हो ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसदमा प्रयोग गरिएका कुर्सी कुन देशबाट आयात गरिएको काठबाट बनेको भन्दै प्रश्न गरेकी छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद डाँगीले नेपालमा काठको पर्याप्त सम्भावना हुँदाहुँदै पनि वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोप्रति आपत्ति जनाएकी हुन् ।

उनले स्वदेशी उत्पादन बढाउन राज्यको नीति स्पष्ट हुनुपर्नेमा जोड दिँदै, स्वदेशी काठ निकाल्न फाइल रोकिने तर विदेशी काठका लागि सजिलै एलसी खुल्ने अवस्थाबारे सरकारलाई प्रश्न गरेकी हुन् ।

महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेको उल्लेख गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार