Logo
१३ जेष्ठ २०८३, बुधबार
|  Thu May 28 2026

कोशी प्रदेशसभा : पूर्वमुख्यमन्त्रीले गरे रोस्ट्रमको माइक फाल्ने प्रयास


काठमाडौं । संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले कोशी प्रदेश सभामा विरोध जनाएका छन् ।

बुधवार बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पुरा नगरी नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन् ।

विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजे पनि प्रतिपक्षी सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नारावाजी गरेका थिए । सो क्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक खोस्ने प्रयास गरेपछि मर्यादा पालकले रोकेका थिए ।

विरोधकाबीच सभामुख विष्टले संशोधनको समय नदिएको नभई संशोधन नआएपछि प्रक्रिया अघि बढाएर नीति तथा कार्यक्रम पारित गरिएको बताए । उनले नीति तथा कार्यक्रम पारित गर्दा सर्वसम्मत नभई प्रतिपक्षीका असहमति रहेको विषयलाई उल्लेख गरिएको जानकारी दिए ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरूले निरन्तर अवरोध गरेपछि सभामुख विष्टले आधा घण्टाका लागि बैठक स्थगित गरे । कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सोमबार पारित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार