Logo
१५ जेष्ठ २०८३, शुक्रबार
|  Fri May 29 2026

‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा छ,राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त’


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पहिलो बजेट ल्याउने सुवर्ण शमशेरलाई सम्झिँदै संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ बजेट सुरु गरेका छन् ।

आधुनिक नेपालको पहिलो बजेट सुवर्ण शमशेरबाट आएको र आजको दिनमा जनतालाई थप बलियो बनाउने बजेट ल्याउन लागेको उनले बताए । अर्थमन्त्री वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन् ।

‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ,’ उनले भने ।

साथै, अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार