काठमाडौं । सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको ।
कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै व्यक्तिगत आयकरको सीमा १० लाख पुगेको बताएका हुन् ।चालु आर्थिक वर्षसम्म व्यक्तिगत आयकरको सीमा ६ लाख रहेको छ ।



