Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

डिजिटल लहरबाट उदाएका राजनीतिक शक्ति दिगो हुँदैनन्:वर्षमान पुन


काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिकाउ नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने प्रवृत्ति देखिएको दाबी गरे ।

पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै पुनले सामाजिक सञ्जालको प्रभावबाट उदाएका राजनीतिक समूहहरूमा स्पष्ट विचार र दीर्घकालीन नेतृत्वको अभाव देखिने टिप्पणी गरे ।

उनका अनुसार डिजिटल माध्यमबाट तीव्र रूपमा उदाउने राजनीतिक शक्तिहरूले प्रारम्भिक चरणमा प्रभाव देखाए पनि संरचनागत संगठन र वैचारिक आधार कमजोर भएकाले दिगो हुन नसक्ने अवस्था रहन्छ । पुनले यस्ता प्रवृत्तिहरूलाई गहिरो अध्ययन गरेर मात्र राजनीतिक स्थायित्व र संगठन सुदृढ गर्न सकिने धारणासमेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार