Logo
१७ जेष्ठ २०८३, आईतवार
|  Sun May 31 2026

नेपालले पनि भारतको जग्गा मिचेकोछ,सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ: प्रधानमन्त्री


प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको बताएका छन् । सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

‘एउटा कुरा अचम्म लाग्न सक्छ । प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । उनीहरूले मिचेको र हामीले मिचेको के हो दुवै देशले अध्ययन गरेर बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ’, प्रधानमन्त्रीले भने ।

उनले लिपुलेक, लिम्पियाधुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाफ पनि दिएको उनले जानकारी दिए । ‘भूमि सम्बन्धी टेबल टक गर्ने कुरा भएको छ’ उनले भने,’ यो बारेमा इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबल टक गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार