काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।





