Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

वीरगंजका मेयर सिंहलाई चार लाख १५ हजार धरौटीमा छाड्ने आदेश


वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला अदालतले पर्साले धरौटीमा छोड्न आदेश दिएको छ । मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लिखत कीर्तेसम्बन्धी मुद्दामा चारलाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग गर्ने आदेश दिएको हो ।

मेयर सिंहलाई आजै बिहान ठोरीबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध जेठ १२ गते पक्राउ पूर्जी जारी गरेको थियो । वीरगन्जका लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार