Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

भारतीय विदेशमन्त्री जयशंकरसँग रवि लामिछानेको भेट,विकास साझेदारीबारे छलफल


काठमाडौं।भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।

बिहीबार नयाँ दिल्लीमा सभापति रविले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेका हुन् ।भेटवार्तामा भारतीय विदेशसचिव विक्रम मिस्री पनि सहभागी छन् । मिस्री केही समयअघि नेपाल आउने चर्चा थियो ।

यद्यपि प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट हुने निश्चित नभएपछि उनको नेपाल भ्रमण स्थगित भएको थियो । जयशंकरले नेपाल र भारतबीचको विकास साझेदारी तथा दुई देशका नागरिकबीचको सम्बन्धले आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार