Logo
२१ जेष्ठ २०८३, बिहीबार
|  Fri Jun 5 2026

टिकटकर तुलसा अधिकारीलाई थुनामा पठाउने आदेश


काठमाडौँ । अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रहरीले अधिकारीलाई गत शनिबार थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।

एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरूद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार