Logo
१० श्रावण २०८३, आईतवार
|  Sun Jul 26 2026

हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा,तिराइयो जरिवाना


काठमाडाैं । प्रतिनिधिसभा सदस्य हर्कराज राईलाई ट्राफिक प्रहरीले ट्राफिक जरिवाना तिराएर कारबाही गरेको छ।

ट्राफिक नियमको पालना नगरी सवारीसाधन चलाएको भन्दै प्रहरीले कारबाही गरेको हो।

आज ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले उनीमाथि कारबाही गरेको जानकारी दिएको छ। उनीमाथि लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा कारबाही गरिएको जनाइएको छ।

उनले गत जेठ २२ गते उदयपुर जाने क्रममा मोबाइलमा भिडियो बनाउँदै सवारी चलाएका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार