Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Wed Jun 10 2026

‘नैतिकता र निश्पक्षताको दृष्टिकोणले अर्थमन्त्री जिम्मेवारीबाट पर रहनुपर्छ’:खुश्बु ओली


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा दिन सुझाव दिएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।

उनले ‘नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ ।’ संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थ मन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।

त्यस्तै ओलीले सदनको अवरोध अन्त्य गर्न दुई वटा मात्रै विकल्प रहेको बताएकी छन् । उनले सत्तापक्ष प्रधानमन्त्रीको वक्तव्यसँग सहमत छ भने ‘नेपालले भारतको सीमा मिचेको हो’ भन्ने विषयमा हस्ताक्षर सुरु गर्न आग्रह गरेकी छन् ।

उनले भनिन्, ‘यदि सत्तापक्ष प्रधानमन्त्रीको वक्तव्यसँग सहमत छ भने ‘नेपालले भारतको सीमा मिचेको हो’ भन्ने विषयमा हस्ताक्षर सुरु गरौँ, प्रतिपक्ष पनि त्यसमा सही गर्न तयार छ।’


प्रतिक्रिया दिनुहोस !
विचार