Logo
२७ जेष्ठ २०८३, बुधबार
|  Wed Jun 10 2026

‘प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ’ :अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेरको विषय अनावश्यक भएको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले संचारमाध्यममा आएका समाचारमा सत्यता नभएको बताएका हुन् ।

उनले भन्सारदरमा कुनै नीतिगत चलखेल नभएको दाबी गरे । उनले अन्य कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको दाबी गरे । उनले अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको खण्डन गरे ।

उनले यस विषयमा अतिरन्जना फैलाइएको र सरकारविरुद्ध संगठित समूह लागेको आरोप लगाए । बजेटमै बोलेको कुरा अर्थ विधेयकमा छुटेकाले थपिएको दाबी गरे । यति गर्दा राजद्रोह देखेको भन्दै आक्रोश पोखे ।

उनले रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्र भन्सार दर परिवर्तन भएको र अरुमा शुल्क परिवर्तन गरिएको स्वीकार गरे । उनले प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई विवादित  बनाउने काम भइरहेको बताए ।

संसद्मा जेठ १५ गते पेश गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भएका करसम्बन्धी व्यवस्थाहरुमा फरक देखिएको छ । यो विषयको संसदीय समितिले छानबिन गर्नुपर्ने र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग संसदमा उठ्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार