Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

परराष्ट्रमन्त्रीको प्रेस नोटबाट ‘सीमा विवाद’ को विषय किन गायब ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सचेतक खुस्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणमा सीमा विवादको उच्चारणै नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालको प्रेस नोटबाट सिमा समस्याको विषय नै गायब भएको बताइन् । दिल्ली भ्रमणका क्रममा भएका भेटवार्तामा परराष्ट्रमन्त्रीले कतै पनि सीमाको विषय नउठाएको ओलीको दावी थियो ।

ओलीले सीमा समस्या र सिमा व्यवस्थापन फरक विषय भएको बताइन् । परराष्ट्रमन्त्रीले सीमा विवादलाई छलेर सीमा व्यवस्थापनको मात्रै कुरा गरेको उनको भनाइ थियो । ओलीले परराष्ट्रमन्त्री चीन जान लागेकाले त्यहाँ सशक्तरुपमा लिपुलेक र कालापानी हाम्रो हो भनेर प्रेस नोटमा उल्लेख गर्न सुझाव दिइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार