काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौन बस्ने कुरा व्यक्तिगत लहडको विषय नभएको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा केसीले राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद र जनताप्रतिको उपेक्षा भएको बताएका हुन् ।
त्यसैगरी सांसद केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादा माथिको अपमान भएको बताए ।





