Logo
१७ आश्विन २०८३, शनिबार
|  Sat Oct 3 2026

सुस्तामा भारतीय एसएसबी प्रवेश रोक्न सरकारसँग एमालेको माग


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सच्चाउन माग गरेको छ। बागमती प्रदेश कमिटी दोस्रो बैठकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति तत्काल सच्चाउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएको छ।

बैठकले पारित प्रस्तावमा भनिएको छ, ‘जेठ ७ गते सार्वभौम संसद्को रोष्ट्रममा प्रधानमन्त्रीले दिएको देशद्रोही अभिव्यक्ति (भारतले मात्र हाम्रो देश मिचिएको होइन रहेछ, हामीले पनि भारतको सीमा मिचेका रहेछ) भन्ने अभिव्यक्तिको यो बैठक घोर भर्त्सना गर्दै त्यो देशद्रोही अभिव्यक्ति सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी व्यक्त गर्दछ ।

पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको घटना सार्वजनिक भएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको छ।

बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो असंवैधानिक निर्णय सच्याउन माग गरेको छ।यस्तै, अध्यक्ष केपी शर्मा ओलीलाई चैत्र १४ गते पितृ शोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार