काठमाडौं । रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन् ।
महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो । महामन्त्री जितेका आचार्य प्रतिनिधिसभा सदस्य हुन्। उनी यसअघि सहमहामन्त्री थिए।
यसैगरी, सहमहामन्त्री हरि ढकाल र असिम शाह विजयी भएका छन् । चितवनको भरतपुरमा भएको महाधिवेशनबाट सहमहामन्त्रीमा खुलातर्फ ढकाल र शाह विजयी भएका हुन् । त्यस्तै महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् ।





