Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

एसभीपी प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रममन्त्री यादवको आग्रह


काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण (एसभीपी) प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।

नेपालका लागि साउदीका राजदूत फहद मोहम्मद ए मनिकरसँगको शिष्टाचार भेटका क्रममा नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका हुन् ।

जवाफमा राजदूत मनिकरले साउदी सरकारसँग आवश्यक परामर्श गरेर सिप प्रमाणीकरण प्रक्रियाबारे थप जानकारी उपलब्ध गराउने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार