Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

‘भीसीमा कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीले बार्गेनिङ गरिरहेका छन्’यही हो सुशासन?’


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारले विश्वविद्यालय र विद्यालय अस्तव्यस्त बनाएको आरोप लगाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा देशलाई अस्तव्यस्त बनाउँदै लगेको आरोप लगाएका छन् ।

सोमबारको राष्ट्रियसभामा उनले ‘सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा गर्ने सरकारले आज विश्वविद्यालयमा उपकुलपतिका लागि प्रधानमन्त्री र शिक्षामन्त्री अलग–अलग मान्छेसँग बार्गेनिङ गरिरहेको आरोप लगाएका हुन् । उनले देश बन्नको लागि राजनीतिक कुटनीतिक संवाद आवश्यक रहेको बताए ।

उनले प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्यास च्याम्बर’ सँग तुलना गर्दै संवैधानिक अंगका प्रमुखहरू र मानव अधिकार आयोगका सदस्यहरूलाई बोलाएर धम्क्याउने काम भएको आरोप लगाए ।

उनले प्रधानमन्त्री बालेन साहलाई भेट्न गएका प्रधानसेनापति अशोकराज सिग्देलले घण्टौँ कुर्नुपर्ने अवस्था आएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए ।

उनले सरकारले एकातिर प्रदेश बोझ भयो भनेर प्रदेश खारेज गर्ने कुरा गर्ने र अर्कोतिर मन्त्रीलाई सल्लाहकार र स्वकीय सचिवको फौज थप्न लागेको भन्दै आपत्ति जनाए । उनले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै रास्वपाको दोहोरो चरित्र देखिएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार