Logo
२२ भाद्र २०८३, सोमबार
|  Mon Sep 7 2026

तोडफोड, हत्या-हिंसालाई वैधानिकता दिने काम भइरहेको बेला खेल क्षेत्र कसरी अघि बढ्ला ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ(एन्फा) अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धमा परेको आरोप लगाएका छन् ।

मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे ।

अध्यक्ष ओलीले सरकारकै हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्धको अवस्थामा पुगेको आरोप लगाउँदै यस्तो अवस्थालाई परिवर्तन गर्नुपर्ने बताए । उनले देशै बर्बाद भएकाले खेल क्षैत्रमात्रै अगाडि जान नसक्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार