Logo
१९ असार २०८३, शुक्रबार
|  Fri Jul 3 2026

८ एआईजीको सरुवा,सुरक्षण मुद्रणको निर्देशकमा ढुङ्गाना,गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल


काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का(धनकुटा) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी)लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले नेपाल प्रहरीका जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली)लाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने, राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार