Logo
१९ असार २०८३, शुक्रबार
|  Fri Jul 3 2026

नव प्रगतिशील सहकारीका सचिव पक्राउ,अनुदानको मलमा कालोबजारी गरेको आरोप


गुल्मी । गुल्मीमा अनुदानको रासायनिक मलको कालोबजारी गरी चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका-१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई पक्राउ गरिएको हो ।

उक्त सहकारीमार्फत सहुलियतमा बिक्री–वितरण गर्न अनुदान प्राप्त युरिया र डीएपी मल अनधिकृत रूपमा बढी मूल्यमा बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक(डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले बताए ।

प्रारम्भिक अनुसन्धानबाट अनुदानमा खरिद गरिएको रासायनिक मल स्थानीय व्यापारीमार्फत चर्को मूल्यमा बिक्री–वितरण गरिएको खुलेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार