Logo
२० असार २०८३, शनिबार
|  Sat Jul 4 2026

सरकारको सय दिन:४६५ सुकुमवासी परिवारलाई राहत,६,१३४ राष्ट्रसेवक कर्मचारी कारबाहीमा


काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ ।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।

उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो ।

११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौंका १७ सुकुमवासी बस्तीबाट दुई हजार ६०८ परिवार विस्थापनमा परेका थिए ।ती मध्ये ३८८ परिवारलाई सरकारले विभिन्न ‘होल्डिङ सेन्टर’ मा राखेको छ । विस्थापनमा परेका दुई हजार २२० परिवार ‘होल्डिङ सेन्टर’ भन्दा बाहिर नै रहेका पत्रकार सम्मेलनम जानकारी गराइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले यस अवधिमा ७८७ वटा कार्यालय र आयोजनाहरुको अनुगमन र निरीक्षण गरिएको जानकारी दिँदै ६१४५ राष्ट्रसेवक कर्मचारीमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार