Logo
११ श्रावण २०८३, सोमबार
|  Mon Jul 27 2026

देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको पत्र


काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन पत्र काटेको छ । विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको घरमा पुगेर बयानका लागि आउनू भन्दै पत्र टाँस गरेको हो ।

पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ । विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार