Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 8 2026

मध्यरातमा प्रधानमन्त्रीको फेसबुक स्टाटसः ढिला होला, तर गलत हुँदैन, नआत्तिनुहोस्


काठमाडौँ । प्रधानमन्त्री बालेन साहले सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका छन् । शुक्रबार मध्यराति सामाजिक संजालमार्फत प्रधानमन्त्री साहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने बताएका हुन् ।

उनले सही समय आउन ढिला भएपनि गलत नहुने बताएका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटी होइन।’

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको कार्यशैलीप्रति रास्वपाका सांसदहरुले असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए । रास्वपा सांसद मनिष झाले सरकारको काम गर्ने ढंग नपुगेको भन्दै आलोचना गरेका थिए ।

त्यस्तै रास्वपा सांसदहरु रमेश प्रसाई, ज्वाला संग्रौला, कमल सुवेदी, पारसमणि गेलाल, सुशील खड्कालगायतले सरकारको कार्यशैलीको आलोचना गरेका थिए । दिउँसो सदनमा सरकारको आलोचना भएपछि मध्यराति प्रधानमन्त्रीको यस्तो भनाई आएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार