Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

‘प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्न, प्रतिपक्षी साथमै छ’:सांसद काउचा


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा प्रतिपक्ष सधैँ सरकारको साथमा रहने बताएको छ ।  कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै संसद्मा उठेका प्रश्नहरूको जवाफ माग गरेर प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको एक्लो महसुस भएको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो धारणा राखेकी हुन् ।

प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नहरूलाई घेराबन्दीको रूपमा बुझ्न नहुने उनको तर्क थियो । प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको उनले आलोचना गरिन् । सीमा जस्तो संवेदनशील विषयमा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्नेमा राजनीतिक आवेगमा दिइने अभिव्यक्तिले अन्तर्राष्ट्रिय साख र कूटनीतिक विश्वसनीयतामा धक्का पुग्ने उनले चेतावनी दिइन् ।

साथै, उनले  प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरिन् । आफूहरूले सभामुख र प्रधानमन्त्री पदको गरिमा जोगाउन खोजेको उनको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !
विचार