Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

केन्द्रीय कमिटी बैठकमा ओली र रावलबीच चर्काचर्की


नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटी बैठकमा रावलले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि पार्टी अध्यक्ष ओली र रावलबीच चर्काचर्की भएको हो ।

बैठकमा ओलीले रावललाई तपाईले नसकेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको भन्दै पार्टीभित्रको समस्याका विषयमा पार्टी कमिटी बैठकभित्रै छलफल हुने जवाफ दिएका थिए ।

जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । उनीहरु बीचमा भनाभन चर्किएपछि अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र अनुशासन आयोगका अध्यक्ष अृमत कुमार बोहराले शान्त बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार