काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलाे जित दर्ता गरेकाे छ । बुधबार भएकाे खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेकाे हाे ।
याे जितसँगै सुदूरपश्चिमले जितसँगै २ अंक बटुलेको छ । सुदूरपश्चिम उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।एनपिएलमा पोखराले अहिलेसम्म सुदूरपश्चिमलाई हराउन सकेको छैन।
एनपिएलमा बिहिबार २ खेल हुनेछन्। दिनको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौ गोर्खाज खेल्नेछन्। सो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। जनकपुर पहिलो खेलमा कर्णालीसँग १९ रनले पराजित भएको थियो। काठमाडौले भने पहिलो खेल खेल्न लागेको हो।
दिनको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स खेल्ने तालिका छ। यो खेल साँझ ५ बजे सुरु हुनेछ। विराटनगर आफ्नो पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो।








