Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

प्रधानमन्त्रीज्यू तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ ?


काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले सरकारका कामकारबाहीमाथि प्रश्न उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद स्वाँरले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्रीले नेपालको भूमि भारतले मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गरे । स्वारले लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूभाग भारतले मिचेको विषयमा सरकार मौन बसेको आरोप लगाए ।

उनले सरकारले चुच्चे नक्सालाई बेवास्ता गरेको भन्दै प्रश्नसमेत गरे । भ्रष्टाचार छानबिनका लागि सबैको सम्पत्ति जाँच गर्नुपर्ने माग गर्दै उनले दोषी जोसुकै भएपनि न्यायालयको कठघरामा उभ्याउनुपर्ने बताए । विभिन्न समयमा गठन भएका छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न पनि उनले सरकारसँग माग गरे ।

स्वाँरले सरकारले जनतालाई आधारभूत सेवा दिन नसकेको आरोपसमेत लगाए । राहदानी, सवारी चालक अनुमतिपत्र, मालपोत, ग्यास, महँगी तथा स्वास्थ्य बिमालगायतका विषयमा सर्वसाधारणले समस्या भोगिरहेको उनले बताए । उनले प्रधानमन्त्रीसँग भेटका लागि आफूले चैत २१ गते लिखित निवेदन दिएको भए पनि अहिलेसम्म भेट्ने अवसर नपाएको बताए ।स्वाँरले सुदूरपश्चिमका जनताको विकास निर्माणका समस्या राख्न आफूले प्रधानमन्त्रीसँग भेट्न खोजे पनि समय नदिइएको गुनासो गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार