Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

फेरि बढ्यो इन्धनको मूल्य, कति पुग्यो लिटरको ?


शुक्रबार रातीबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलको साबिक विक्रि मूल्यमा ३ रुपैयाँ वृद्धि गरी प्रति लिटर १३३ रुपैयाँ कायम गरेको छ । यस्तै डिजेल रमट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ कायम गरिएको छ ।

यस्तै, एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ । पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई २ अर्ब २२ करोड घाटा भएको दाबी निगमले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार