Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

विश्वकप क्रिकेटः पाकिस्तानको लगातार तेस्रो जित


कप्तान बाबर आजमको अर्धशतक तथा असिफ अलीको आक्रामक ब्याटिङ प्रेरित पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई पाँच विकेटले हराएको छ । पाकिस्तानको यो लगातार तेस्रो जित हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पाकिस्तानमा पाँच विकेट गुमाएर १९ ओभरमा पूरा गरेको थियो ।

जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि लगातार दुई खेल जितेको अफगानिस्तानको यो पहिलो हार हो । जितसँगै ६ अङ्क जोडेको पाकिस्तान सुपर–१२ मा समूह दुईको शीर्ष स्थानमा यथावत छ । अफगानिस्तान पनि दुई अङ्कका साथ दोस्रो स्थानमा कायमै छ ।

अफगानिस्तानले खराब सुरुआत गरेपनि कप्तान मोहम्मद नाबी र गुलबादिन नाइबले सातौँ विकेटका लागि ७१ रनको अविजित साझेदारी गरेपछि सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । नाबी र नाइब दुवैले समान अविजित ३५ रन बनाए । यी दुईबाहेक नाजिबुल्लाह जर्दानले २२, करिम जनतले १५ तथा रहमानुल्लाह गुरबाज र अस्घर अफघानले समान १० रन बनाए ।

पाकिस्तानका इमद वासिमले दुई विकेट लिए । शाहीन अफ्रिदी, हरिस रौफ, हसन अली र शाडब खानले एक(एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार