Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

सर्वोच्चमा प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीकाे प्रदर्शन


सर्वोच्च अदालत परिसरमा कालोपट्टी बाँधेर कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध प्रदर्शन गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले सर्वोच्चमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्।

सर्वोच्च अदालत प्रवेशमा कडाइ गरिएको छ। कर्मचारीहरुलाई पनि गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ।

एशोसिएसनले आज बिहान १० बजेदेखि कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरिरहेको छ। यो विरोधको कार्यक्रम चार दिनसम्म चल्ने नेपाल बार एशोसिएसनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार