Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

नेतृत्वको हेलचेक्राइँले गर्दा कांग्रेस इतिहासकै कमजोर पार्टी बन्यो : नेता सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्री पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बएका छन् । आज नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्वले हेलचेक्राइँ गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको टिप्पणी गरे।

पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने धारणा राखे । कांग्रेसको इतिहास राम्रो रहेको बताउदै उनले त्यसै चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाईदिने बताए ।

१३ औ महाधिवेशनपछि कांग्रेस इतिहासमै कमजोर भएको उनको भनाइ छ । अहिले कै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै उनले त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार