कोरोना संक्रमण नभएको अन्तिम देशमध्येमा टोंङ्गा एक रहको थियो । प्रशान्त महासागरको टापुमा रहेको देश टोंङ्गामा कोरोना भाइरसको संक्रमण सुरु भएको डेढ वर्षपछि पहिलो संक्रमित भेटिएका छन् ।
गत शुक्रबार पहिलो संक्रमित पहिचान भएपछि टोंङ्गाले कोरोना विरुद्धको खोप कार्यक्रमलाई तीब्रता दिने भएको छ ।न्युजिल्याण्डबाट स्वदेश फर्किरहेका पूर्ण खोप लगाएका एक नागरिकलाई परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो । संक्रमणको पहिलो केस भेटिएपछि टोंगाका प्रधानमन्त्री पोहिभाले टोंङ्गाको मुख्य क्षेत्र टोंङ्गाटापुमा आगामी साताबाट लकडाउन हुनसक्ने भन्दै चेतावनी दिएका छन् ।
न्युजिल्याण्डको उत्तर पूर्वमा रहेको टापुको देश टोंङ्गामा १ लाख जनसंख्या रहेको छ । कोरोना संक्रमण नभएको अन्तिम देशमध्येमा टोंङ्गा रहको थियो । टोंङ्गाका एक तिहाई जनसंख्याले मात्रै पूर्ण खोप लगाएका छन् ।






