Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

अवलोकन भ्रमणकाे क्रममा मनाङ पुगिन् राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन्। अवलोकन भ्रमणका लागि उनी मनाङ गएकी हुन्। मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गरेकी छन्।

त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने कार्यक्रम छ।

यस्तै जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार