Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव पारित


काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन साहकातर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन् ।

यसैगरी, प्रधानमन्त्री साहको तर्फबाट कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिन्।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार