Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट, करिब २२ लाख आवेदकको हात खाली


सामलिङ पावर कम्पनी लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार आज बिहान ८ः३० बजे सेयर बाँडफाँट भएको हो ।

कम्पनीको सेयरमा २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ। यो माग भन्दा ३९.६७ गुणा बढी हो।

न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ६७ हजार ८९० आवेदकले मात्रै सेयर पाउनेछन्। त्यस अनुसार करिब २२ लाख आवेदकले सेयर नपाउने देखिन्छ। कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ७ करोड ३० लाख बराबर रुपैयाँको ७ लाख ३० हजार कित्ता सेयरमध्य २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ६ लाख ७८ हजार ९०० कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो।

सर्वसाधारणलाई आईपीओ जारी गर्नुअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई ५ करोड रुपैयाँबराबरको ५ लाख कित्ता सेयर वितरण गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार