Logo
१ कार्तिक २०८३, शनिबार
|  Sun Oct 18 2026

‘फूलको माला ओइलाएर जाला ब्रदर, विश्वासको माला कहिल्यै ओइलिन नदिनु,’


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नवनिर्वाचित सभापति गगन थापालाई विश्वास र देशलाई केन्द्रमा राखेर अघि बढ्न शुभकामना दिएका छन् ।

थापाले पार्टीको सभापतिको जिम्मेवारी सम्हालिरहँदा शर्माले फूलको माला ओइलाएर जाने भए पनि विश्वासको माला कहिल्यै ओइलिन नदिन आग्रह गरेका हुन् ।

‘फूलको माला ओइलाएर जाला ब्रदर, विश्वासको माला कहिल्यै ओइलिन नदिनु,’ शर्माले सामाजिक सञ्जालमार्फत थापालाई शुभकामना दिँदै भनेका छन् ।

उनले थापाले पार्टीको नेतृत्व सम्हालिरहँदा भविष्यमा देशकै प्रधान जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् ।

‘किनकी देश प्रथम हो, देश नै प्रधान हो,’ शर्माले लेखेका छन्, ‘देशलाई केन्द्रमा राखेर अघि बढ्नु छ । हामी सक्छौँ, हामीले सक्नुछ ।’ सभापति थापाको नेतृत्वप्रति समर्थन जनाउँदै शर्माले ‘वी आर विथ यू’ भन्दै उनको सफल कार्यकालको कामना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार