Logo
५ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 22 2026

फोडेनको ह्याट्रिकमा च्याम्पियन्स लिगमा सिटीको सहज जित


एजेन्सी । फिल फोडेनले ह्याट्रिक गरेपछि युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले एइके एथेन्सलाई ५-१ गोलले पराजित गरेको हो ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन फोडेनले ह्याट्रिक पूरा गर्दा इलियोट एन्डर्सन र रायन चेर्कीले समान एक/एक गोल गरे । एथेन्सको लागि स्टाभ्रोस पिलिओसले एक गोल फर्काए ।

जितसँगै सिटी ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको २७ औँ स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार