Logo
५ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 22 2026

उपराष्ट्रपति यादवले गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण गरे


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।

उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए ।

गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार