Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आकासियो तरकारीको मूल्य, कुन तरकारीको मूल्य कति ?


तिहार नजिकिँदै गर्दा हरियो तरकारीको मूल्य अचाक्ली बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरणअनुसार एक साताको अवधिमा भाउ किलोमै ३० रुपैयाँसम्म बढेको छ । विवरणअनुसार काउली, मटरकोसा, मकै बोडी, घिरौँला, तिते करेलालगायत हरियो तरकारीको मूल्य बढेको छ । सबैभन्दा बढी मकै बोडीको होलसेल मूल्य ३० रुपैयाँले बढेको विवरणमा छ ।

कात्तिक ११ गते प्रतिकिलो ६५ रुपैयाँ पर्ने मकै बोडी अहिले बढेर ९५ रुपैयाँ पुगेको छ । प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने काउली बढेर १ सय ३० रुपैयाँ, किलोको १ सय ९० रुपैयाँ पर्ने मटरकोसा बढेर १ सय १० रुपैयाँ पुगेको समितिले जनाएको छ ।

होलसेलमै मूल्य बढेपछि खुद्रा पसलमा पनि मनपरी मूल्यमा बिक्री भइरहेको छ । होलसेल र खुद्रामा प्रतिकिलो ५०र६० रुपैयाँ फरकमा बिक्री भइरहेको छ । तर, सरोकारवाला निकायहरु भने अनुमानमा चासो दिएका छैनन् । कालीमाटी तरकारी बजारको नियमन गर्ने मुख्य दायित्व कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागको हो । मूल्यको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गर्नुपर्छ । तर, यी निकायबाट प्रभावकारी रुपमा अनुगमन हुन सकेको छैन ।

‘चाडबाडलाई मौका छोपेर सर्वसाधरणलाई लुट्न जोखे । अनुगमन गर्ने दायित्व कृषि मन्त्रालय, विभाग र स्वयं समितिको पनि हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘तर, व्यापारीसँग साँठगाँठकै कारण नियमन हुदैन । जसले गर्दा सर्वसाधरणहरु ठगिए ।’

समितिको विवरणअनुसार प्रतिकिलो ९५ रुपैयाँ पर्ने तितेकरेला अहिले बढेर १ सय १५ रुपैयाँ, किलोको ८५ रुपैयाँ पर्ने परवल ९लोकल० अहिले बढेर १ सय ५ रुपैयाँ, किलोको १ सय ५० रुपैयाँ पर्ने बोडी ९तने० अहिले बढेर १ सय ५५ रुपैयाँ पुगेको जनाएको छ । यता, समितिका सूचना अधिकारी विनय श्रेष्ठले बेमौसमी तरकारीको मूल्य बढेको बताए । समितिका अनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ ।

उत्यकामा मुख्यतया धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । ती जिल्लाबाट आयातित तरकारी कालिमाटी, बल्खु, टुकुचा, कोटेश्वरलगायत तरकारी बजारमा बिक्री हुन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार