काठमाडौं । तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो ।
रोयल्सले दिएको ८८ रनको झिनो लक्ष्य लायन्सले ९.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा डार्सी शर्टले ४० रन जोडे । आसिफ शेखले ३२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।








