Logo
१४ कार्तिक २०८३, शनिबार
|  Sat Oct 31 2026

स्वास्थ्य केन्द्र उद्घाटनमा गोली चल्यो,एकजना घाइते,स्थिति नियन्त्रणबाहिर,कर्फ्यु लगाउने तयारी


बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवादमा बारामा गोली चलेको छ । संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिका–३ मा निर्माण भएको स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा विवाद सुरु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।

गाउँपालिका अध्यक्ष अन्सारीले एमाले कार्यकर्ता आफ्नो विरोधमा उत्रिएको बताएका छन् । पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको उनको आरोप छ । त्यसक्रममा १० वटा मोटरसाइकलमा आगजनी भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार